सोमबार
२७ असोज
२०७६

बडादशैँको रौनक : बेहुली झैँ सिंगारिएको मैतीदेवी मन्दिर (फोटोफिचर)

सोमबार असोज १३, २०७६/ Monday 09-30-19

काठमाडाै‌ । नेपालीको महान पर्व बडा दशैं आइतबारबाट सुरु भएसँगै शक्तिपीठहरु सिंगारिएको छ भने दर्शनार्थीहरुको भीड लाग्न थालेको छ । नौ दिन नवदुर्गाको पूजाआराधना र विजयादशमीको टीका र जमरा लगाएर मनाइने बडादशैं आइतबार घर घरमा जमरा राखेर मनाउन सुरु गरिएको छ ।

घटस्थापनाको दिनबाट सुरु हुने दशैंभर नवदूर्गाको ९ वटा स्वरुपको पूजा गरिन्छ । आइतबार पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिएको छ भने दोस्रो दिन आज सोमबार दिन ब्रहृमचारिणी पूजा गरि मनाइँदैछ । 

बडादशैंको तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।आइतबारदेखि नै मुलुकभरका शक्तिपीठहरुमा भक्तजन र दर्शनार्थीको भीड लाग्न थालेको छ ।

यस्तै काठमाडौं उपत्यकाको मैतीदेवी मन्दिरलाई बेहुली झैँ सिगारिएको छ भने दर्शनार्थीहरुको भीडलाई लाग्न थालेको छ ।

यससँगै काठमाडौं उपत्यकाकै दक्षिणकाली, गुहेश्वरी, कालीकास्थान, शोभाभगवती, मैतीदेवी, तलेजुभवानी, नक्साल भगवती,  विजेश्वरी, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

यस्तै उपत्यका बाहिर ताप्लेजुङको पाथीभारा,  भोजपुरको सिद्धकाली, धरानको दन्तकाली, सप्तरीको छिन्नमस्ता, र षखडा, मकवानपुरको चुरेमाई, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।

यस वर्ष विजयादशमीको उत्तम साइत यही असोज २१ मंगलबार १०ः३५ मा उत्तम साइत रहेको नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ । 

तस्विर : पंकज दाहाल/क्यानाडानेपाल