सोमबार
२४ चैत
२०७६

यात्रुले हाँछ्यु गरेपछि विमानमा मच्चियो तहल्का, पाइलट विमानबाटै हाम फाले 

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं - कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १९२ देशमा फैलिएको कोरोनाका कारण साढे १४ हजार भन्दा बडीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण संख्या पनि बढ्दै गएपछि विश्वका धेरै देशहरु त्रसित बनिरहेका छन् । 


हालसम्म ३ लाख ३८ हजार ७ सय २४ कोरोना संक्रमण पुगेका छन् । यसैक्रममा कोरोनाको डरले एयर एसिया इन्डियाको एक विमानमा  पाइलट विमानबाट नै हाम फालेका छन् । विमान भित्रका एक यात्रुले हाँछ्यु गरेपछि कोरोनाको डरले पाइलट विमानको ढोकाबाटै हाम फालेका हुन् ।  

पुणेबाट दिल्ली गइरहेको उक्त विमान अवतरण हुँनासाथ ककपिट इमरजेन्सी एक्जिटबाट उनी हाम फालेका हुन् । पछि हाँछ्यु गर्ने यात्रु लाई बाहिर निकालेर चेक गरियो । तर हाँछ्यु गर्ने यात्रुको रिपोर्ट भने नेगेटिभ आयो ।