सोमबार
२४ चैत
२०७६

फ्रान्सबाट आएका एक नेपालीमा देखियो कोरोनाभाइरस, सरकारद्वारा पुष्टि

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं । फ्रान्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।


उनको अहिले उपचार भइरहेको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते आएका उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनलाई आइतबारदेखि अस्पतालमा राखेर उपचार सुरु गरेर उपचार भइरहेको छ । उनी विद्यार्थी र १९ वर्षकी रहेकाे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

ती नेपालीको आइतबार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । हालसम्म ६०० मा नमुना परीक्षण गरिएको र सबैमा नेगेटिभ रिपोर्ट देखिएको मन्त्रालयले जनाएको छ ।