सोमबार
२४ चैत
२०७६

बेलायतमा एक नेपाली युवाको ज्यान गयो

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं - बेलायतमा एक नेपाली युवाको ज्यान गएको छ । ज्यान जानेमा चितवन घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् । उनको आइतबार राती लण्डनको उलीचस्थित क्वीन एलिजावेथ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।


प्रशान्त २३ वर्षदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आइरहेका थिए । उनको के कारणले ज्यान गएको भन्ने खुल्न नसकेको जनाइएको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाकीँ रहेको जनाइएको छ ।