• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

यो साता चर्चामा:

लकडाउन नमान्ने भारतीयलाई सडकमै यस्तो सजाय ! तस्बिर भाइरल बन्दै

चैत्र ११ २०७६
  • 70.1K
    SHARES
  • लकडाउन नमान्ने भारतीयलाई सडकमै यस्तो सजाय ! तस्बिर भाइरल बन्दै

    काठमाडौं । विश्वभर कोरोनाभाइरसको त्रास छ । यस भाइरसबाट बच्न विश्व विभिन्न उपाय अवलम्बन गरिरहेको छ । गत डिसेम्बरदेखि चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर पुगेको छ । यसको संक्रमणबाट जोगिन नेपालले पनि लकडाउन गरेर सावधानी अपनाएको छ । विश्वसहित भारतले पनि सावधानी अपनाएको छ । 

    यही बेला सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनिरहेको छ, जुन भारतमा सुरक्षाकर्मीले केही मानिसलाई सडकमै सजाय दिएको भनिएको छ । पुष्टि भइनसकेको सो तस्बिरमा एक सुरक्षाकर्मीले केही मानिसलाई सडकमा सजाय दिएको देखिन्छ । लकडाउन अवज्ञा गरेकालाई सडकमै भारतीय सुरक्षाकर्मीले सजाय दिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ । 

    लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको हो । सबै नागरिकले लकडाउनलाई स्वीकारेर सरकारले गरेको कोरोनाभाइरस नियन्त्रणको प्रयासमा साथ दिनुपर्छ । भारतले पनि लकडाउन गरेको छ । यही पेरिफेरिमा सार्वजनिक भएको सो तस्बिरको आधिकारिकता र घटनाबारे पुष्टि भने भएको छैन । कहिले, कुन प्रसङ्ग र घटना लिएको तस्बिर हो भन्ने खुलेको छैन । 


    चैत्र ११, २०७६ मंगलवार ०८:११:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    उपराष्ट्रपति नबन्दै कमला ह्यारिस विश्वकै शक्तिशालीको सूचीमा : चीन र अमेरिकी राष्ट्रपतिलाई पछाडि पारिन्

    उपराष्ट्रपति नबन्दै कमला ह्यारिस विश्वकै शक्तिशालीको सूचीमा : चीन र अमेरिकी राष्ट्रपतिलाई पछाडि पारिन्

    काठमाडौँ । अमेरिकी साप्ताहिक पत्रिका टाइमले प्रत्येक वर्ष संसारका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ। यस वर्ष अर्थात् २०२० का सबैभन्दा प्रभावशाली व्यक्तिहरुको नामको सूची जारी गरेको छ।

    टाइमले सूचीमा विश्वका १०० यस्ता व्यक्तिको नाम समावेश गर्छ, जसमा विश्वमा कुनै न कुनै रूपमा आफ्नो प्रभाव छोडेका हुन्छन्। यस वर्ष विश्वका १०० सबैभन्दा बढी प्रभावशाली नेतामा टाइमले अमेरिकी डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार बनेकी कमला ह्यारिसको नाम दोश्रो स्थानमा सूचित गरेको छ।

    कमला ह्यारिसको नाम उक्त सूचीमा अमेरिकी र चीनका राष्ट्रपति भन्दा अगाडि छ। विज्ञहरुका अनुसार उपराष्ट्रपति नबन्दै उनको नाम यस सूचीमा पर्नु भनेको उनको कुशल र प्रभावकारी क्षमताले गर्दा हो। ह्यारिसलाई अमेरिकी प्रमुख राजनीतिक दलद्वारा उपराष्ट्रपतिको लागि मनोनीत गर्ने पहिलो अश्वेत महिला हुन् ।

    ह्यारिसले गत वर्षको पैसाको अभावले गर्दा राष्ट्रपतिको दावेदारीबाट बाहिरिएकी थिइन्। यस्तै यस सूचीको पहिलो स्थानमा अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी रहेका छन्।

    यस बाहेक यस पत्रिकाले चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जो बाइडेन, एन्जेला मार्केल, न्यान्सी पाउलोसीजस्ता ठूला नेताहरुलाई प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ।


    आश्विन ७, २०७७ बुधवार १५:१४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमला ह्यारिस
  • # विश्वकै शक्तिशालीको सूचीमा

  • क्यानाडानेपाल डेस्क

    डब्लुएचओले भन्यो, कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन

    डब्लुएचओले भन्यो, कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन

    काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसस अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोपले काम गर्ने नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन्। मंगलबार डा. टेड्रोसले विकास भइरहेका खोपले काम गर्नेमा अहिले भन्न नसकिने बताएका हुन्।

    भर्चुअल प्रेस ब्रिफिङमा उनले कोरोना भाइरसविरुद्ध विकास चरणमा रहेका खोपले काम गर्ने वा नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन्। यद्यपि उनले खोप जति बढी स्वयंसेवकहरुमा टेष्ट गरिन्छ त्यति नै राम्रो र प्रभावकारी नतिजाको अपेक्षा गर्न सकिने बताए ।

    उनले भने, ’कोभिड–१९विरुद्ध करिब २०० खोप हाल क्लिनिकल र प्रिक्लिनिकलको परिक्षण भइरहेका छन् । इतिहासमा गरिएका खोप विकासको कामले हामीलाई विकासका क्रममा रहेका खोपहरु केही सफल पनि हुन सक्छन् भने केहि असफल पनि हुनेछन् ।’

    डब्लुएचओले विश्वव्यापी खोप गठबन्धन समूह गावी र सीईपीआईको समन्वयमा भविष्यमा कसरी अन्य देशहरुमा खोपको समानरुपमा वितरण गर्नेबारे सक्षम संयन्त्र बनाएको छ। स्वास्थ्य संगठन प्रमुखले कोभाक्स सुविधा एक संयन्त्र हो, जुन विश्वव्यापी रूपमा समन्वयित भूमिका खेल्न प्रभावी हुने बताए । साथै सबै मुलुकहरुलाई आग्रह गर्दै उनले कोरोना भाइरसको उपचार खोज्न सहकार्य हुनुपर्ने भन्दै प्रतिस्पर्धात्मक सोच विकास गर्न नहुने बताए ।

    कोभाक्स सुविधाले महामारी नियन्त्रण गर्न, जीवन बचाउन र आर्थिक सुधार गर्न मद्दत पुर्याउँद छ। डब्लुएचओका प्रमुखले कोरोना भाइरस खोपको खोजीमा सबै देशहरूलाई मिलेर काम गर्न आग्रह गरेका छन्। उनले खोप विकास गर्न मिलेर काम गर्नु सबै देशको हितमा रहेको बताएका छन्।


    आश्विन ७, २०७७ बुधवार १३:२६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डब्लुएचओ
  • # कोरोनाविरुद्धको खोप

  • क्यानाडानेपाल डेस्क

    चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल

    चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल

    काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल चलान गरिएको छ। राष्ट्रपति सी का आलोचक व्यापारी रेन झिकियाङलाई भ्रष्टाचारको मुद्दामा १८ वर्ष जेल सजाय सुनाइएको छ।

    जिनपिङलाई जोकरको रूपमा वर्णन गर्ने रेनलाई पहिले सत्तारुढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। अदालतले रेनले आफ्नो पुर्व पदको दुरुपयोग गर्दै घूस लिएको र सार्वजनिक सम्पतिको हिनामिना गरेको आरोपमा जेल सजाय सुनाएको हो।

    यद्यपि रेनका समर्थकहरूका अनुसार उनले जिनपिङलाई गरेको टिप्पणीका कारण सजाय पाएका हुन्। रेनले जिनपिङलाई कोरोनाको प्रसार रोक्न असफल भएकोमा आलोचना गरेका हुन्।


    आश्विन ७, २०७७ बुधवार ११:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ राष्ट्रपति
  • # सी जिनपिङ

  • क्यानाडानेपाल डेस्क

    कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, ट्रम्पद्वारा आफ्नो कदमको बचाउ

  • 288
    SHARES
  • कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, ट्रम्पद्वारा आफ्नो कदमको बचाउ

    बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

    अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ। कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ। 

    नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको हो। तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे।

    ट्रम्प प्रशासनको आलोचना

    गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले "राम्रो काम गरेको हुने" बताएका थिए। फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङख्या "शुन्य नजिक" पुग्ने अनुमान गरेका थिए।

    अमेरिकामा पहिलो सङ्क्रमितको घटना ज्यानुअरी महिनामै पुष्टि भएको थियो। त्यसयता भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको पटकपटक आलोचना हुँदै आएको छ।

    आउँदो नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले पनि कोरोनाभाइरसको नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन्। उनले भने, "डोनल्ड ट्रम्पको झुट र विगत छ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन्।"

    अमेरिका र चीनको वाकयुद्ध

    यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन्। पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाए।

    चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजारपटक झुट बोले पनि त्यो झुट नै हुने बताए। सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे।

    ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ।


    आश्विन ७, २०७७ बुधवार १०:३७:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # अमेरिकामा
  • # मृत्यु

  • क्यानाडानेपाल

    विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ? 

    विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ? 

    काठमाडौं - कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिका, भारत, ब्राजिल, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् । 

    यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७० पुगेको छ भने संक्रमितको संख्या ३ करोड १७ लाख ७७ हजार ७ सय ७१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड ३३ लाख ९४ हजार ८ सय ४४ जना उपचारपछि निको भएका छन् । 

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ५ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० लाख ९७ हजार ९ सय ३७ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३८  हजार १ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ४५ लाख ९५ हजार ३ सय ३५ पुगेको छ ।

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या ११ लाख १५ हजार ८ सय १० पुगेको छ ।

    dd.PNG


    आश्विन ७, २०७७ बुधवार ०९:१९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विश्व

  • क्यानाडानेपाल डेस्क

    कस्मिरमा भूकम्पको धक्का

    कस्मिरमा भूकम्पको धक्का

    काठमाडौं - मंगलबार राति कस्मिरमा भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प मंगलबार राति ९ बजेर ४० मिनेटमा श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिममा ३.६ रेक्टर स्केलको गएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

    भूकम्प जाँदा विस्फोट पदार्थको धक्का भएको आशंका गरेका थिए । तर पछि भूकम्प भएको थाहा पाएको त्यहाँका स्थानीले बताएको बीबीसी हिन्दीले जनाएको छ ।

    त्यहाँका स्थानीयले अचानक ठूलो आवाज आएकोले विस्फोटको आशंका लागेको बताएका छन् । 
     


    आश्विन ७, २०७७ बुधवार ०८:२१:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • क्यानाडानेपाल डेस्क

    images
    ताजा खबर