• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

लन्डनमा आफैले भेटेकी भगवतीलाई कोरोना भएपछी साम्राज्ञीको स्पष्टीकरण

चैत्र १२ २०७६
  • 36.2K
    SHARES
  • लन्डनमा आफैले भेटेकी भगवतीलाई कोरोना भएपछी साम्राज्ञीको स्पष्टीकरण

    विश्व कोरोना भाइरसले आक्रान्त रहेको छ । विश्वका अधिकांश देश यसबाट आक्रान्त रहदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। मंगलबार बाट लागु हुने गरि नेपाल सरकारले १ हप्ताको लागी लकडाउनको व्यवस्था गरेको छ।  कोरोनाको त्रास र यसबीच बाहिरिएको एक समाचारले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको भने छुट्टै स्थिति बनेको छ। उनलाई भेटेकी एक फ्यान महिलालाई कोरोना भएको खबर बाहिरिएको छ। सामाजिक संजालमा साम्राज्ञीलाई भेटेकी महिलालाई कोरोना भन्ने लगायतका समाचार आउन थालेपछि उनले अनेकन प्रतिक्रिया पाईरहेकी छिन्। साम्राज्ञीले उनलाई बेलायतमा चलचित्र मारुनीको बिशेष शो मा पुगेको बेला भेटेकी थिइन्। लन्डनमा रहेकी भगवती रानाभाटले सामाजिक संजाल मार्फत आफु कोरोना पोजेटिभ रहेको बताइसकेकी छिन् र सबैलाई सचेत रहन उनले अनुरोध गरिरहेकी छिन्। 

    यस बिषयमा उनले स्पष्टीकरण देखिएकी छिन्। उनि भन्छिन्, 'मैले उनीसंग करिव २३ दिन अगाडी भेटेको थिए। म उनलाई चिन्दिन, त्यो नै हाम्रो पहिलो र अन्तिम भेट थियो। उहाले एउटा फोटो खिच्न अनुरोध गर्नु भयो र हामीले फोटो खिचेउ। तर अहिले जसरी समाचार आईरहेका छन् ती सबै भ्रामक रहेका छन्। म उहा र उहाको परिवारको लागी प्राथना गर्दछु र सवै सहयोग मिलोस भन्ने अपेक्षा गर्दछु।'  साम्राज्ञी सामाजिक संजालबाट कोरोनाको लागी तयार र सचेत हुनको लागी बारम्बार अनुरोध समेत गरिरहेकी छिन्। शाह यतिबेला घरमा नै रहेकी छिन् र उनि स्वस्थ रहेकी छिन्। 

    लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पतालमा उपचार गराइरहेकी लमजुङकी भगवती रानाभाट डिस्चार्ज भएकी छन् । उनका भाइ नाता पर्ने प्रकाश रानाभाटले भगवती मंगलबार अस्पतालबाट डिस्चार्ज भएको र घरमै स्वास्थ्यलाभ गरिरहेको जानकारी गराएका छन् ।


    चैत्र १२, २०७६ बुधवार ०५:२४:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै

    काठमाडौं - नेपाली फिल्म क्षेत्रमा अहिले कोरोनाभाइरसको संक्रमणका कारण निर्माण भइसकेको फिल्महरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । फिल्मका छायांकन पनि अधुरै छन् । 

    सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका फिल्महरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना कम छ । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि नयाँ फिल्मको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । 

    यसैबीच अहिले फिल्म 'लक्ष्मीपूजा' को छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको यस फिल्मलाई यही दशैंमा प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले बताएका छन् ।

    पारिवारिक प्रेमकथा बन्ने यस फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

    फिल्ममा सलोन बस्नेत र रियाशा दाहालको पनि अभिनय रहने बताइएको छ । फिल्म ‘यात्रा’ मा अभिनय गरेकी जाहन्वीको यस फिल्ममा दोहोरो भूमिका निभाउदैछिन् ।


    आश्विन ६, २०७७ मंगलवार १९:०७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लक्ष्मीपूजा

  • क्यानाडानेपाल डेस्क

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा

    निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का इन्टरनेट ब्राण्ड भायानेटको ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध भएका छन्।  विगत २० बर्षदेखी ग्राहकको सेवामा रहेका भायानेटले हरेक  वर्गका दर्शकमाझ  परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंगले  आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि आवद्ध गरेको बताएको छ  । 
    अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले  विश्वासिलो सेवा प्रदान गरेका कारण आफुहरु यसको  ब्राण्ड एम्बेसडर बन्न तयार भएको निश्चल- स्वस्तिमाले प्रतिक्रिया दिएका छन्। 

     

     


    आश्विन ६, २०७७ मंगलवार १३:१८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निश्चल बस्नेत
  • # स्वस्तिमा खड्का

  • क्यानाडानेपाल डेस्क

    अभिनेता जीवन लुइँटेलको आक्रोश– सधैँ हामीलाई बेचिरहे 

  • 330
    SHARES
  • अभिनेता जीवन लुइँटेलको आक्रोश– सधैँ हामीलाई बेचिरहे 

    काठमाडौं । अभिनेता जीवन लुइँटेलले जनताको नाममा विभिन्न राजनीतिक संघर्ष सफल भए पनि नागरिकको जीवनस्तरमा परिवर्तन नआएकोप्रति आक्रोश व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कविता प्रस्तुत गर्दै जनताको गरिबीपन र पछौटेपन अन्त्य नभएकोप्रति आक्रोश पोखेका हुन् ।

    राणाकालदेखि गणतन्त्र कालसम्म जनतालाई विभिन्न बाहना र आश्वासनमा शोषण गरिरहेको भन्दै उनले भनेका छन्, ‘सधैँ हामीलाई बेचिरहे ।’
    जनतालाई विभिन्न आश्वासन देखाएर सशस्त्र युद्ध लडाएका नेताहरुले संघर्ष सकिएर सत्तामा पुगेपछि भने तिनै जनतामाथि शोषण गर्ने र उनीहरुको आधारभूत आवश्यकता पूरा नगरेकोप्रति कवितामार्फत व्यंग्य गरेका छन् । 

    उनीले वाचन गरेको स्वयं उनको हो वा अरु कसैको खुलेको छैन । तर, करिब साढे पाँच मिनेट वाचन गरेको कवितामा जनता शोषण र उत्पीडनमा परिरहेको र सत्ता र नेताहरुले नागरिकको पीडामा मल्हम लगाउन नसकेको बताएका छन् ।  


    आश्विन ६, २०७७ मंगलवार १२:१४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवन लुइँटेल

  • क्यानाडानेपाल

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    चलचित्र 'हिड्दा हिड्दै' मा एकसाथ अभिनय गर्दै आकाश र सलोन 

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेत एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् ।  मिलन आले मगरको निर्देशनमा बन्ने यस चलचित्रमा आकाश र सलोनसँगै नव नायिका रेखा शाहको पनि अभिनय रहनेछ । चलचित्र 'हिड्दा हिड्दै' को  एक कार्यक्रम आयोजना गरी मुहुर्त गरिएको छ । 

    यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा बन्ने बताइएको छ । चलचित्रलाई शुसिल पंगेनीले लेखेका हुन् भने चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । चलचित्र नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको हो । 
     


    आश्विन ५, २०७७ सोमवार १९:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिड्दा हिड्दै

  • क्यानाडानेपाल डेस्क

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    चलचित्र 'रेड वाइन' मा पल र साम्राज्ञीको जोडी  

    काठमाडौं - अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एउटै चलचित्रमा देखिने भएका छन् । निर्माता रमेश एम के पौडेलको  निर्देशनमा बन्न लागेको  नयाँ चलचित्र 'रेड वाइन' मा यी दुवै एकसाथ देखिने भएका हुन् । 

    पछिल्लो समय धेरै नै रुचाइएका पल र साम्राज्ञीको जोडी अब  चलचित्रमा देख्न पाइने भएको छ । हाल अमेरिकामा रहेका निर्देशक पौडेलले यस चलचित्रको छायाङ्कन पनि अमेरिकामा नै हुने बताएका छन् । 

    samragi paul.jpg

    उनले चलचित्र ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ पनि निर्माण गरेका थिए । नयाँ चलचित्र रेड वाइनमा पौडेलकै कथा र गीत लेखन रहने बताइएको छ । चलचित्रमा पल र साम्राज्ञीसँगै सन्दिप क्षेत्री र  इमिली लामाको पनि अभिनय रहने बताइएको छ ।  चलचित्रको सह–निर्माता निरु भण्डारी रहनेछिन् भने पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन्। चलचित्रमा पासांग लामा र आर्यन पौडेलले लगानी गर्नेछन् । 
     


    आश्विन ५, २०७७ सोमवार १८:२६:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साम्राज्ञी
  • # पल शाह
  • # रेड वाइन

  • क्यानाडानेपाल डेस्क

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    काठमाडौं - गायिका रिमा गुरुङ होडाको नयाँ गीत बजारमा आएको छ । गायिका रिमा गुरुङ होडाको सुमधुर स्वरमा 'कहाँ थिए' बोलको गितको भिडियो एक साता अघि युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा गौतम डंगोलको शब्द र भिजन निरौलाको लय रहेको छ । भिडियोमा भाइरल अर्जुन बिक, सुजिना गोले र बिपना भुजेलको अभिनय रहेको छ । 

    गितको भिडियोमा अर्जुन बिकको जिबनमा घटेको केही यथार्थ घटनालाई समेट्न खोजिएको छ ।भिडियोलाई प्रकाश खडकाले छायांकन, देबेन्द्र कुँवरको निर्देशन र बिनोद वमको सम्पादन रहेको छ । 


     
     


    आश्विन ५, २०७७ सोमवार १३:०४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिमा गुरुङ
  • # अर्जुन बिक

  • क्यानाडानेपाल डेस्क