सोमबार
२७ असोज
२०७६

 रोनाल्डोको गोलले युभेन्टसको सानदार जित,  रोनाल्डोको नयाँ किर्तिमान

बुधबार असोज १५, २०७६/ Wednesday 10-02-19

काठमाडौं - मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालियन क्लब युभेन्टसले जर्मन बायरलाई हराएको हो । आफ्नै मैदान भएको उक्त खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनलाई ३–० गोलले हराएको हो ।

युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइन र फेडरिकोले एक एक गोल गरे । उक्त खेलमा रोनाल्डोले ३३ क्लबविरुद्ध गोल गर्ने किर्तिमान पनि बनाएका छन् । उनी सर्वाधिक ६ पटक फाइनल खेल्ने एक्ला खेलाडी पनि बनेका छन् । जितसंगै युभेन्टस  २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।