सोमबार
२४ चैत
२०७६

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २१००० नाघ्यो,  इटाली र स्पेनमा एकैदिन ६ सय बढीको मृत्यु

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार एक सय ९८ पुगेको छ । भने कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या  ४ लाख ६८ हजार ८ सय ७ पुगेको छ ।  चीनबाट फैलन शुरु गरेका कोरोनाभाइरसले अहिले विश्वलाई त्रसित बनाइरहेको छ । 


कोरोनाले चीनपछि इटली, स्पेन, अमेरिका लगायतका देशमा बढी प्रभाव परेको छ । इटालीमा गएको २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ । भने स्पेनमा पनि एकैदिन ६ सय ५६ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म कोरोनाका कारण इटलीमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ भन स्पेनमा ३ हजार ६ सय ४७ पुगेको छ । 

कोरोनाबाट ६टाली पछि स्पेनमा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ३१ पुगेको छ । त्यस्तै अमेरिकामा ३ सय ९४ जनाजना भने कोरोनाबो उपचार पछि निको भएका छन् ।