सोमबार
२४ चैत
२०७६

स्पेनकी उपप्रधानमन्त्री कारमेनलाई देखियो कोरोनाको संक्रमण, चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौँ -  स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोकोलाई कोरोनाभाइरसको संक्रमण भएको छ । बुधबार उपप्रधानमन्त्री काल्भोको कोरोना टेस्ट पोजेटिभ देखिएको जनाइएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण हालसम्म स्पेनमा मात्रै तीन हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ ।


पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको  हो । हालसम्म स्पेनमा ४९ हजार ५१५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।