सोमबार
२४ चैत
२०७६

अभिनेत्री झरना थापाको आज जन्मदिन 

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री झरना थापाको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ४० औं जन्मदिन मनाउदैछिन् । उनी प्युठान जिल्लामा  जन्मिएकी हुन् । चलचित्र धर्मसंकटबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरनाले हालसम्मम धेरै चलचित्रमा अभिनय गरेकी छिन् ।


आज परेको जन्मदिन उनले घरमै परिवारसँग मनाउदैछिन् । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण उनी अहिले घरमै छिन् । जन्मदिनको अवसरमा उनलाई पति सुनिल कुमारले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् ।