सोमबार
२४ चैत
२०७६

बेलायतका नवयुवराज विलियमले कोरोनाबारे बोलेको भिडियो भाइरल

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले अहिलेसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ । यो भाइरसले एक सय ९६ देशमा लाखौंलाई संक्रमण बनाइसकेको छ ।


के नेता के अभिनेता, के राजा, के पादरी सबै कोरोनाको सिकार भएका छन् । बुधबार मात्र बेलायतका युवराज प्रिन्स कोरोना संक्रमित रहेको पुष्टि भयो । सयौं सुरक्षाकर्मीको घेरामा प्रिन्सलाई कसरी कोरोनाले समात्यो ? भन्ने विषय अहिले खोजीको विषय भएको छ ।

यही बेला प्रिन्सका छोरा नवयुवराज विलियमको एउटा भिडियो भाइरल बनेको छ । मदिराको गिलास हातमा लिएर कोरोनाबारे उनले दिएको अभिव्यक्ति चर्चामा छ । उनले भनेका छन्, मलाई थाहा छ, कसैले मलाई कोरोनाले संक्रमित बनायो भन्छन्, म मर्दैछु भनेका छन् । तर सत्य यो हो कि तिमीलाई चाहिँ केही खोकी लागेको छ । के तिमीलाई लाग्दैन यो मिडियाले बनाएको अफवाह हो । उनले ख्यालठट्टामै ड्युक र डचेजलाई कोरोनाभाइरसले बढार्दै गएको बताए । यो भिडियो ३ मार्चमा डबलिनमा खिचिएको हो ।