सोमबार
२४ चैत
२०७६

हङकङमा एक नेपालीमा देखियो कोरोनाको संक्रमण

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण हालसम्म १ सय ९५ देश प्रभावित भएका छन् । हङकङमा पनि कोरोनाका कारण ४ जनाको मृत्यु भइसकेको छ । भने ४१० जना  कोरोनाबाट  संक्रमित भैसकेका छन् । यसैक्रममा हङकङका एक नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छ । 


 कोरोनाको संक्रमण पोखराका एक २८ वर्षीय युवकलाई देखिएको जनाइएको छ । कोरोनाबाट संक्रमण भएको ती युवाको  हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।