• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

यो साता चर्चामा:

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

चैत्र १३ २०७६
  • 670
    SHARES
  • चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

    चितवन - घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । 

    बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो ।

    बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो ।
     
    कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । 

    भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिनुभयो ।
     
    बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ ।

    कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो ।
     


    चैत्र १३, २०७६ बिहिवार ०४:४७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

  • 138
    SHARES
  • डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

    काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राखेर सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीको अनशनको बुधबार दशौँ दिन हो । गत भदौ २९ गते जुम्लाबाट १९औं सत्याग्रह थालेका केसी अनशन बसेको आठौं दिनमा मंगलबार जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आइपुगे । 

    जुम्लामा अनशन बसिरहँदा बेवास्ता गरेको सरकार केसी काठमाडौं आउने भएपछि आत्तिएको देखियो । बाबुराम भट्टराईको सरकारको पालादेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर अनशन बस्न थालेका डा. केसीसँग त्यसयताका सरकारले सम्झौता गरेको छ ।

    केही नयाँसहित पूर्व सहमति कार्यान्वयनको माग राखेर जुम्लामा १९औँपटक अनशन बसेका डा. केसी काठमाडौं आउने भएपछि ओली सरकार आत्तिएको देखियो । आफ्नै खर्चमा भूकम्पबाट पीडित बनेको हाइटीदेखि स्वच्छ पानीको अभावमा झाडापखलाको महामारी फैलिएको जाजरकोटसम्म औषधोपचारमा खटिएका डा. केसी लकडाउनका बेला जुम्लामा पुगेर सर्वसाधारणको उपचारमा जुटेका थिए । 

    यसैक्रममा उनलाई स्थानीय प्रशासनले घेराबन्दीमा पार्ने, मानसिक यातना दिनेजस्ता कार्य गरेको भन्दै विरोध भइरहेको थियो । यसैबेला ६ बुँदे माग राखेर गत भदौ २९ गतेदेखि जुम्लामा उनले अनशन थालेका थिए । तर, जबरजस्ती धरपकड हुने र अप्रिय घटना हुन सक्ने भन्दै उनी काठमाडौं आउने भए । जुम्लामा रहँदासम्म डा. केसीको जीवनरक्षाको पहल नगरेको सरकार काठमाडौं आउने भएपछि आत्तिएको देखियो । 

    जब मानिस आत्तिन्छ, तब कुनै विचारपूर्ण निर्णय गर्न सक्दैन । आत्तिएका बेला बेहोसी निर्णय गर्न पुग्छ भनेजस्तै मंगलबार सरकारको कदम त्यस्तै देखियो । डा. गोविन्द केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनशन बस्ने तयारीमा थिए । यो कुरा सरकारले थाहा पाएको थियो ।

    त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका केसी उहीँ जान चाहेका थिए । तर, गम्भीर अपराधका दोषीलाई जस्तो मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा. केसीमाथि प्रहरीले व्यवहार ग¥यो । सरकारको निर्देशनबिना प्रहरीले केसीलाई नियन्त्रणमा लिन नसक्ने धेरैको बुझाइ छ । 

    टिचिङ जान लागेका डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरीले ट्रमा सेन्टर लगेको थियो । तर, उनलाई जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको भिडिओ सार्वजनिक भएपछि सरकारको चौतर्फी विरोध भयो ।

    तत् पश्चात डा. केसीलाई टिचिङ लैजान सरकार बाध्य भयो । र ट्रमा सेन्टरको केही घण्टाको बसाइपछि डा. केसी टिचिङ पुगे । त्यहीँबाट उनले अनशन जारी राखेको छ । उनको अनशन बुधबार दशौँ दिन पुगेको छ । 

    वृद्ध शरीर, लकडाउनका बेला डाँडाकाँडा पुगेर उपचारमा खटिँदा थाकेको र नौ दिनदेखि भोको शरीर बोकेर काठमाडौं आएका डा. केसीदेखि सरकार किन आत्तियो ? सर्वत्र प्रश्न गरिएको छ । 


    आश्विन ७, २०७७ बुधवार १८:५०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गाेविन्द केसी
  • # सरकार

  • क्यानाडानेपाल

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं - बुधबार नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज दिउँसो साढे ४ बजे नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गतको चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    प्रहरीका अनुसार दिउँसो इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा लेदो सहितको पहिरो खसेको हो ।माथिबाट लेदो खसिरहेकोले काम गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।  

    पानी रोकिएपछि पहिरो पन्छाउने काम गरिने जनाइएको छ । पहिरो खस्ता सवारी साधन रोकिएका छन् । यस क्षेत्रमा हिजोदेखी नै लगातार पानी परिरहेको छ ।  


    आश्विन ७, २०७७ बुधवार १८:२७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमण मुक्त भएका नेपालका यी ६ जिल्ला 

    कोरोना संक्रमण मुक्त भएका नेपालका यी ६ जिल्ला 

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७३ दशमलव ७ प्रतिशत निको भइसकेका छन् ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ६ जिल्लाबारे जानकारी दिए । 
     
    उनका अनुसार मुस्ताङ, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन् ।  

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७४६ र महिला ४२३ रहेका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४९,९५४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३६ पुगेको छ । 

     


    आश्विन ७, २०७७ बुधवार १८:०९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण मुक्त

  • क्यानाडानेपाल डेस्क

    दशैं अगाडि नै लकडाउन हुन सक्ने, स्वास्थ्य मन्त्रालयले गर्‍यो लकडाउनबारे सिफारिस

  • 284
    SHARES
  • दशैं अगाडि नै लकडाउन हुन सक्ने, स्वास्थ्य मन्त्रालयले गर्‍यो लकडाउनबारे सिफारिस

    काठमाडौं । सरकारले दशैं अगाडि नै लकडाउन गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नेबारेमा गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

    दशैं आउन अझै एक महिना बाँकी रहेका बेला स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

    बुधबार सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । यदी संख्या बढेर २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्यले गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

    यसबारे बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले फेरि लकडाउन लगाउनेबारेमा जानकारी दिएका हुन् । उनले भने, ‘संक्रमण बढिरहेकाले मापदण्ड पालन गराउन नसकिने सबै सेवा एक महिना नखोल्न सिफारिस गरिनेछ। कुनै दिन २५ हजार भन्दा बढि सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’ 

    उनकाअनुसार स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ।


    आश्विन ७, २०७७ बुधवार १७:२६:४६ बजे : प्रकाशित

    प्रधानमन्त्रीका सल्लाहकार थापाले भने– दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्नुहोस् 

  • 144
    SHARES
  • प्रधानमन्त्रीका सल्लाहकार थापाले भने– दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्नुहोस् 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो विवादित अभिव्यक्तिको बचाउ गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा सल्लाहकार थापाले कुलमान घिसिङका कारण लोडसेडिङ अन्त्य भयो भन्नेहरु एकपाखे हुन् भनेका थिए । सो अभिव्यक्तिपछि उनी विवादमा परेका थिए । 

    तर, उक्त अभिव्यक्तिको बचाउ गर्दै बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रष्टीकरण दिएका छन् । आफ्नो अभिव्यक्तिको गलत प्रचार गरेको आरोप लगाएका छन् । एकपाखातिरको कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भनेको जिकीर गरेका उनले भने, ‘त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’

    यसबारे सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘मैले “पाखे“ भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ । एकपाखातिरको कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु । त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’

    twit surya.PNG

    सो अन्तर्वार्तामा कुलमान घिसिङलाई भगवान भन्न थाले त जनताले भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘भगवान होइन त उहाँ मानिस हो । तपाइँ मानिस हो, म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजी पनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भने भनेर हामीले भगवान भन्छौँ त, भन्दैनौँ नि । मान्छे हो । हामी भगवानमाथि विश्वास गर्दैनौँ ।’ 

    थापाको जवाफ सकिन नपाउँदै फेरि धमलाले प्रश्न गर्छन्, ‘हैन उहाँकै कारणले हाम्रो देशमा लोडसेडिङ अन्त्य भयो । वहा वहा कुलमान घिसिङ भन्नेहरु छन् नि ?

    यसको रुखो जवाफ दिँदै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने– त्यसो भन्नेहरु एकपाखे हुन् । उहाँहरुको सन्तुलित विचार होइन। दृष्टिकोण होइन ।’ कुलमानका समर्थकलाई पाखेको भनिएको भन्दै बुधबार बिहानैदेखि प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको आलोचना भइरहेको छ । 

    सो अन्तर्वार्तामा सल्लाहकार थापाले मुलुकबाट लोडसेडिङ अन्त्य हुनुमा कुलमानको भन्दा प्रधानमन्त्री ओलीको भूमिका ठूलो रहेको जिकीर गरेका छन् । सो क्रममा कुलमानको पक्षमा भइरहेका सडक प्रदर्शनले कुलमानकै कद घटाएको उनको टिप्पणी छ । 


    आश्विन ७, २०७७ बुधवार १७:०८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # सूर्य थापा

  • क्यानाडानेपाल

    भारतको संसदमा नेपाल–चीन सम्बन्धको चर्चा 

  • 1.2K
    SHARES
  • भारतको संसदमा नेपाल–चीन सम्बन्धको चर्चा 

    फाइल तस्बिर

    काठमाडौं । भारततको राज्यसभमा नेपाल–चीन सम्बन्ध र सम्झौताबारे सांसदले चासो देखाएका छन् । भारतको माथिल्लो सदनको रुपमा रहने राज्यसभामा नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौतासँगै नेपाल–भारत सम्बन्धबारे पनि प्रश्न गरिएको छ । 

    राज्यसभाको बैठकमा मध्यप्रदेशको ग्वालियरबाट राज्यसभामा निर्वाचित सांसद ज्योतिराधित्य सिन्धियाले नेपाल–चीन सम्झौताबारे चासो चासो देखाएका हुन् । उनले नेपाल–चीनबीच भएको पारवहन सन्धीबारे भारत सरकार जानकार भए नभएको तथा यसबारे नेपाल भारत सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्दै जिज्ञासा राखेका छन् । 

    साथै यसबाट नेपाल भारत सम्बन्धका अनेकौं सम्झौताहरुलाई पार्न सक्ने प्रभावबारे पनि उनले जिज्ञासा राखेका छन् । उनको प्रश्नको जवाफ दिनेक्रममा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणले तेस्रो मुलुकसँग सम्झौता गर्ने  नेपालको स्वतन्त्र निर्णय भएको बताए । 

    राष्ट्रपति विद्यादेवी भण्डारीको २०१९ अप्रिलको चीन भ्रमणका बेला चीनसँग पारवहन यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको जानकारी दिँदै राज्यमन्त्री मुरलीधरणले भने, ‘नेपालसँग भारतको युगौँ पुरानो सम्बन्ध विशिष्ट र विशेष छ जो साझा इतिहास, भूगोल,संस्कृति तथा जनस्तरको सम्बन्ध, आपसी सुरक्षा एवं निकट आर्थिक सम्बन्धमा आधारित छ ।’ 

    राज्यमन्त्री मुरलीधरनले नेपालसँग भारतको सम्बन्ध आफ्नै हितमा आधारित रहेको तथा नेपालको तेस्रो मुलुकहरुसँगको सम्बन्ध नेपालको स्वतन्त्र बिषय भएको पनि उल्लेख गरेका छन् ।

    सांसद सिन्धियाले केही वर्ष यता भारतसँगको निर्भरता बन्द गर्न नेपाल र चीनबीच भएका पारवहन तथा यातायात सन्धीहरुको विस्तृत विवरण मागेका छन् ।

    यसैको जवाफ दिने गरी नेपालसँग सम्बन्ध थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको भन्दै राज्यमन्त्री मुरलीधरणले भने, ‘भारत–नेपाल व्यापार, नेपाललाई आर्थिक र लगानी सहयोग, विकास सहायता, कनेक्टिभिटी, नेपालसँग संस्कृति र जनस्तरको सम्बन्ध सुदृढ गर्न एवं विभिन्न क्षेत्रहरूमा सहयोग पुर्‍याउन भारत प्रतिबद्ध छ ।’

    नेपाल र चीनबीच यातायात र पारवहनसँग सम्बन्धित विषयमा सन्धी नभएर सम्झौता भएको थियो । 


    आश्विन ७, २०७७ बुधवार १६:४५:४५ बजे : प्रकाशित