• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

यो साता चर्चामा:

पूर्वमन्त्री गोकर्ण विष्टले भने– संकटमा परेका दैनिक ज्यालादारी श्रमिकलाई रोजीरोटीकाे व्यवस्था गर

चैत्र १३ २०७६
  • 844
    SHARES
  • पूर्वमन्त्री गोकर्ण विष्टले भने– संकटमा परेका दैनिक ज्यालादारी श्रमिकलाई रोजीरोटीकाे व्यवस्था गर

    काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टले कोरोनाभाइरस (कोभिड १९)का कारण दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकमाथि धेरै संकट थपिएको बताएका छन् । कोरोनाभाइरसको विश्वभर महामारी फैलिएसँगै नेपालमा पनि यसको संक्रमण देखिएपछि सरकारले एक साताका लागि लकडाउन गरेको छ । 

    घरबाहिर निस्कन रोक लगाएपछि दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकलाई अझ धेरै संकटमा थपेको भन्दै मन्त्री विष्टले अति जोखिममा रहेका ती श्रमिकको दैनिक रोजीरोटीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले जनस्तरबाट समेत आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपील जारी गरेका छन् । 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत ध्यानाकर्षण गराउँदै उनले लेखेका छन्, ‘ कोभिड १९ले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ । अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु र जनस्तरबाट समेत आ(आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गर्दछु ।’

     

    \"\"


     


    चैत्र १३, २०७६ बिहिवार ०५:३६:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    गण्डकीमा फेरि थपिए ३१ जना कोरोना संक्रमित, कहाँका कति ?

    गण्डकीमा फेरि थपिए ३१ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं -  बुधबार फेरि गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पोखराका ५ जनासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ५ जना, स्याङजाका ३ जना, तनहुँका ११ जना, बाग्लुङका ८ जना र पर्वतका ४ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९  पुगेको छ ।

    यसअघि आज बिहान नै गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका थिए । 

    120034249_186312482876537_2807128731664657370_o.jpg


    आश्विन ७, २०७७ बुधवार १९:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गण्डकी प्रदेश

  • क्यानाडानेपाल डेस्क

    डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

  • 168
    SHARES
  • डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

    काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राखेर सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीको अनशनको बुधबार दशौँ दिन हो । गत भदौ २९ गते जुम्लाबाट १९औं सत्याग्रह थालेका केसी अनशन बसेको आठौं दिनमा मंगलबार जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आइपुगे । 

    जुम्लामा अनशन बसिरहँदा बेवास्ता गरेको सरकार केसी काठमाडौं आउने भएपछि आत्तिएको देखियो । बाबुराम भट्टराईको सरकारको पालादेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर अनशन बस्न थालेका डा. केसीसँग त्यसयताका सरकारले सम्झौता गरेको छ ।

    केही नयाँसहित पूर्व सहमति कार्यान्वयनको माग राखेर जुम्लामा १९औँपटक अनशन बसेका डा. केसी काठमाडौं आउने भएपछि ओली सरकार आत्तिएको देखियो । आफ्नै खर्चमा भूकम्पबाट पीडित बनेको हाइटीदेखि स्वच्छ पानीको अभावमा झाडापखलाको महामारी फैलिएको जाजरकोटसम्म औषधोपचारमा खटिएका डा. केसी लकडाउनका बेला जुम्लामा पुगेर सर्वसाधारणको उपचारमा जुटेका थिए । 

    यसैक्रममा उनलाई स्थानीय प्रशासनले घेराबन्दीमा पार्ने, मानसिक यातना दिनेजस्ता कार्य गरेको भन्दै विरोध भइरहेको थियो । यसैबेला ६ बुँदे माग राखेर गत भदौ २९ गतेदेखि जुम्लामा उनले अनशन थालेका थिए । तर, जबरजस्ती धरपकड हुने र अप्रिय घटना हुन सक्ने भन्दै उनी काठमाडौं आउने भए । जुम्लामा रहँदासम्म डा. केसीको जीवनरक्षाको पहल नगरेको सरकार काठमाडौं आउने भएपछि आत्तिएको देखियो । 

    जब मानिस आत्तिन्छ, तब कुनै विचारपूर्ण निर्णय गर्न सक्दैन । आत्तिएका बेला बेहोसी निर्णय गर्न पुग्छ भनेजस्तै मंगलबार सरकारको कदम त्यस्तै देखियो । डा. गोविन्द केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनशन बस्ने तयारीमा थिए । यो कुरा सरकारले थाहा पाएको थियो ।

    त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका केसी उहीँ जान चाहेका थिए । तर, गम्भीर अपराधका दोषीलाई जस्तो मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा. केसीमाथि प्रहरीले व्यवहार ग¥यो । सरकारको निर्देशनबिना प्रहरीले केसीलाई नियन्त्रणमा लिन नसक्ने धेरैको बुझाइ छ । 

    टिचिङ जान लागेका डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरीले ट्रमा सेन्टर लगेको थियो । तर, उनलाई जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको भिडिओ सार्वजनिक भएपछि सरकारको चौतर्फी विरोध भयो ।

    तत् पश्चात डा. केसीलाई टिचिङ लैजान सरकार बाध्य भयो । र ट्रमा सेन्टरको केही घण्टाको बसाइपछि डा. केसी टिचिङ पुगे । त्यहीँबाट उनले अनशन जारी राखेको छ । उनको अनशन बुधबार दशौँ दिन पुगेको छ । 

    वृद्ध शरीर, लकडाउनका बेला डाँडाकाँडा पुगेर उपचारमा खटिँदा थाकेको र नौ दिनदेखि भोको शरीर बोकेर काठमाडौं आएका डा. केसीदेखि सरकार किन आत्तियो ? सर्वत्र प्रश्न गरिएको छ । 


    आश्विन ७, २०७७ बुधवार १८:५०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गाेविन्द केसी
  • # सरकार

  • क्यानाडानेपाल

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं - बुधबार नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज दिउँसो साढे ४ बजे नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गतको चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    प्रहरीका अनुसार दिउँसो इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा लेदो सहितको पहिरो खसेको हो ।माथिबाट लेदो खसिरहेकोले काम गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।  

    पानी रोकिएपछि पहिरो पन्छाउने काम गरिने जनाइएको छ । पहिरो खस्ता सवारी साधन रोकिएका छन् । यस क्षेत्रमा हिजोदेखी नै लगातार पानी परिरहेको छ ।  


    आश्विन ७, २०७७ बुधवार १८:२७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमण मुक्त भएका नेपालका यी ६ जिल्ला 

    कोरोना संक्रमण मुक्त भएका नेपालका यी ६ जिल्ला 

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७३ दशमलव ७ प्रतिशत निको भइसकेका छन् ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ६ जिल्लाबारे जानकारी दिए । 
     
    उनका अनुसार मुस्ताङ, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन् ।  

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७४६ र महिला ४२३ रहेका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४९,९५४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३६ पुगेको छ । 

     


    आश्विन ७, २०७७ बुधवार १८:०९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण मुक्त

  • क्यानाडानेपाल डेस्क

    दशैं अगाडि नै लकडाउन हुन सक्ने, स्वास्थ्य मन्त्रालयले गर्‍यो लकडाउनबारे सिफारिस

  • 310
    SHARES
  • दशैं अगाडि नै लकडाउन हुन सक्ने, स्वास्थ्य मन्त्रालयले गर्‍यो लकडाउनबारे सिफारिस

    काठमाडौं । सरकारले दशैं अगाडि नै लकडाउन गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नेबारेमा गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

    दशैं आउन अझै एक महिना बाँकी रहेका बेला स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

    बुधबार सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । यदी संख्या बढेर २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्यले गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

    यसबारे बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले फेरि लकडाउन लगाउनेबारेमा जानकारी दिएका हुन् । उनले भने, ‘संक्रमण बढिरहेकाले मापदण्ड पालन गराउन नसकिने सबै सेवा एक महिना नखोल्न सिफारिस गरिनेछ। कुनै दिन २५ हजार भन्दा बढि सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’ 

    उनकाअनुसार स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ।


    आश्विन ७, २०७७ बुधवार १७:२६:४६ बजे : प्रकाशित

    प्रधानमन्त्रीका सल्लाहकार थापाले भने– दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्नुहोस् 

  • 152
    SHARES
  • प्रधानमन्त्रीका सल्लाहकार थापाले भने– दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्नुहोस् 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो विवादित अभिव्यक्तिको बचाउ गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा सल्लाहकार थापाले कुलमान घिसिङका कारण लोडसेडिङ अन्त्य भयो भन्नेहरु एकपाखे हुन् भनेका थिए । सो अभिव्यक्तिपछि उनी विवादमा परेका थिए । 

    तर, उक्त अभिव्यक्तिको बचाउ गर्दै बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रष्टीकरण दिएका छन् । आफ्नो अभिव्यक्तिको गलत प्रचार गरेको आरोप लगाएका छन् । एकपाखातिरको कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भनेको जिकीर गरेका उनले भने, ‘त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’

    यसबारे सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘मैले “पाखे“ भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ । एकपाखातिरको कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु । त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’

    twit surya.PNG

    सो अन्तर्वार्तामा कुलमान घिसिङलाई भगवान भन्न थाले त जनताले भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘भगवान होइन त उहाँ मानिस हो । तपाइँ मानिस हो, म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजी पनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भने भनेर हामीले भगवान भन्छौँ त, भन्दैनौँ नि । मान्छे हो । हामी भगवानमाथि विश्वास गर्दैनौँ ।’ 

    थापाको जवाफ सकिन नपाउँदै फेरि धमलाले प्रश्न गर्छन्, ‘हैन उहाँकै कारणले हाम्रो देशमा लोडसेडिङ अन्त्य भयो । वहा वहा कुलमान घिसिङ भन्नेहरु छन् नि ?

    यसको रुखो जवाफ दिँदै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने– त्यसो भन्नेहरु एकपाखे हुन् । उहाँहरुको सन्तुलित विचार होइन। दृष्टिकोण होइन ।’ कुलमानका समर्थकलाई पाखेको भनिएको भन्दै बुधबार बिहानैदेखि प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको आलोचना भइरहेको छ । 

    सो अन्तर्वार्तामा सल्लाहकार थापाले मुलुकबाट लोडसेडिङ अन्त्य हुनुमा कुलमानको भन्दा प्रधानमन्त्री ओलीको भूमिका ठूलो रहेको जिकीर गरेका छन् । सो क्रममा कुलमानको पक्षमा भइरहेका सडक प्रदर्शनले कुलमानकै कद घटाएको उनको टिप्पणी छ । 


    आश्विन ७, २०७७ बुधवार १७:०८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # सूर्य थापा

  • क्यानाडानेपाल