सोमबार
२४ चैत
२०७६

सरकारसँग देउवाको माग – न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । 


कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनप्रति समर्थन जनाएका उनले तर यसबेला मर्कामा परेका दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् । 

कोरोनाबाट सुरक्षित हुँदाहुदै कोही कसैपनि भोकमरीको सिकार बन्न नपरोस् भन्दै सचेत समेत गराएका उनले  कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएको पनि बताए । 

सामाजिक सञ्जाल फेसबुकमा सभापति देउवाले लेखेका छन्, ‘विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लक डाउन उत्तम विकल्प हो। तर सरकारको लक डाउनले दैनिक ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रवन्ध पनि गर्न आवस्यक छ । कोरोनाबाट सुरक्षित हुदाहुदै कोहि कसैपनि भोकमरीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’