मंगलबार
३० असार
२०७७

लकडाउनको तेस्रो दिन : भक्तपुरमा जे देखियो (फोटोफिचर)

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

भक्तपुर । सरकारले कोरोनाभाइरस संक्रमण हुन दिन मुलुकभर लकडाउन लगाएको बिहीबार तेस्रो दिन भएको छ । पहिलो दिन मानिसको सामान्य चहलपहल देखिए पनि दोस्रो र तेस्रो दिन सुनसान बनेको छ । 

काठमाडौं उपत्यकासहित मुलुकभर मानिसलाई हिँडडुल नगर्न सरकारले गरेको आग्रहलाई मानिसहरु स्वीकार्दै घरमा बसेका छन् । मुलुकका अन्य ठाउँमा जस्तै बिहीबार भक्तपुर दरबार क्षेत्र पनि सुनसान देखिएको छ ।

एकाध मानिस अत्यावश्यक कामका लागि घरबाहिर निस्किए पनि अरु भने घरभित्रै बसेका छन् । 


विश्वभर कोरोनाभाइरसको महामारी छ । गत डिसेम्बरबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएको छ ।

नेपालको दुई छिमेकी मुलुक चीन र भारतमा पनि यसको संक्रमण छ ।

युरोप र अमेरिका अतिप्रभावित भइरहेका बेला भारतमा संक्रमण फैलिन थालेपछि नेपाल सरकारले सावधानी अपनाउन एक साताका लागि लकडाउन लगाएको हो । 


भारतमा लकडाउन लम्बिँदै जाँदा नेपालमा पनि लम्बिन सक्ने अनुमान गरिएको छ । सरकारले अपनाएको लकडाउनलाई जनताको समर्थन देखिएको छ ।

उनीहरु घरभित्रै बसेर कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले अपनाएको उपायलाई साथ दिइरहेका छन् ।

लकडाउन आममानिसको स्वास्थ्य र जीवन रक्षाका लागि लगाइएको आममानिसले बुझ्दै गएका छन् ।