सोमबार
२४ चैत
२०७६

कोरोनाभाइरस संक्रमण फैलिन नदिन काठमाडौंमा छर्किन थालियो किटनाशक औषधि

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन नेपालले पनि विभिन्न उपाय अपनाइरहेको छ । तीन दिनदेखि लकडाउन गरिएको छ भने यो एक सातासम्म चल्ने हालसम्मको निर्णयमा भनिएको छ । 


मानिसहरु घरमै बसेका छन् । सरकारले घर बाहिर ननिस्किएर कोरोनाभाइरस संक्रमण फैलिनबाट बच्नु पर्ने भनेपछि आममानिसहरु घरमै बसेका हुन् । सडक, बजार सुनसान छ । यही बेला काठमाडौं महानगरपालिकाले महानगरभित्र किटनाशक औषधि छर्किन थालेको छ ।

बुधबारदेखि १० वटा ट्यांकरले किटनाशक औषधि छर्कन थालेको महानगरमा प्रवक्ता ईश्वरमान डंगोलले क्यानडानेपाललाई जानकारी दिए । उनकाअनुसार बुधबार अस्पताल, तरकारी बजारलगायत संक्रमणको जोखिम क्षेत्रमा किटनाशक औषधि छर्किएको र अब महानगरभरी छर्किनेछ ।