सोमबार
२७ असोज
२०७६

फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको सुनको भाउ

बुधबार असोज १५, २०७६/ Wednesday 10-02-19

काठमाडौं । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको मूल्य बुधबार बढेको छ । बजारमा आज सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

छापावाला सुन बुधबार प्रतितोला ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।