सोमबार
२७ असोज
२०७६

 च्याम्पियन्स लिगमा पीएसजीको संघर्षपुर्ण जित

बुधबार असोज १५, २०७६/ Wednesday 10-02-19

एजेन्सी - मंगलबार च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पीएसजीले संघर्षपुर्ण जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले टर्किस क्लब गलातासारेलाई १–० ले हराएको हो । उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । एम्बाप्पे भने खेलको दोस्रो हाफमा मैदानमा प्रबेश गरेका थिए । 

पीएसजीको जितमा माको ईकार्डीले गोल गरेका हुन् । उनले खेलको ५२ औ मिनेटमा गोल गरेका हुन् । उक्त खेल चोटले गर्दा काभानीले खेल्न सकेनन् भने निलम्बनका कारण नेयमारले पनि खेलेनन् ।  जितसंगै पीएसजले दुई खेलमा ६ अंक जोडेको छ ।