सोमबार
२७ असोज
२०७६

दशैंको बिदामा ग्लोबल आईएमई बैंकका यी शाखा खुलै रहनेछन् (हेर्नुस् सूचीसहित)

बुधबार असोज १५, २०७६/ Wednesday 10-02-19

काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैँको बिदामा पनि विभिन्न शाखामार्फत सेवा चालू रहने जनाएको छ ।

बैंकले दशैँको बिदाको समयमा काठमाडौँ उपत्यका र बाहिरका विभिन्न शाखामार्फत सेवा जारी रहने जनाएको छ ।

बैंकले काठमाडौँ उपत्यकाका चार र उपत्यका बाहिरका ६ वटा शाखा खुल्ला रहने जानकारी दिएको छ ।

दशैंमा धेरै बैंक बन्द रहनेछन् । तर, ग्लोबल आईएमईले भने आफ्ना सेवाग्राहीका लागि सहजता होस् भनेर देशका १० शाखा कार्यालय खुलै रहने निर्णय गरेको हो ।