आइतबार
१८ जेठ
२०७७

कोरोनाको संकटमा जनतालाई छोडेर २० युवतीसहित जर्मनी पुगे थाइल्याण्डका राजा

मंगलबार चैत १८, २०७६/ Tuesday 03-31-20

काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १९९ देशमा कोरोनाको संक्रमण देखिएको छ । यस्तै थाइल्याण्डमा पनि कोरोनाभाइरसबाट हालसम्म १५ सय व्यक्ति संक्रमित भएका छन् । भने कोरोनाको संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ । 

अहिले थाइल्याण्डका जनता पनि कोरोनाभाइरसको संकटबाट गुज्रिरहेका छन् । यसैक्रममा हालै थाइल्याण्डका विवादित राजा महा वाजिरालोङकर्न उर्फ राम दशम एक्कासी जर्मनी पुगेका छन् । कोरोनाको संकटको बेला उनी अहिले जमनी पुगेर एक आलिसान होटलमा बसेका छन् । मिडियाहरुका अनुसार यस्तो बेलामा पनि उनी अहिले मोजमस्तीमै छन् । उनी २० महिला समेत साथै लिई जनतालाई छाडेर जर्मनी भागेको मिडियामा जनाइएको छ । 

मिडियामा कोरोना संकट गहिरिँदै जादा आफ्ना सेवकसँगै जर्मनीको आलिसान होटलमा बस्न गएको बतायएको छ । उनले  होटल ग्राण्ड सोन्नेबिचलको पूरै बुक गरेका छन् । सन् २०१६ देखि थाइल्याण्डको राजगद्धीमा रहेका उनी मिनी राज्यमा २० युवती र ठूलो संख्यामा सेवकहरुसहित बसेका छन् । यो बारे जर्मन पत्रिका बिल्डमा छापिएको छ ।