सोमबार
२७ असोज
२०७६

एकैदिन ह्वात्तै ११ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ

बिहीबार असोज १६, २०७६/ Thursday 10-03-19

काठमाडौं । दशैंको पाँचौं दिन सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार एकैपटक तोलामा ११ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  सुनको भाऊ  प्रतितोला ११ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार नौ सय रुपैयाँ पुगेको छ।

बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो  । बुधबार पनि मंगलबार भन्दा प्रतितोला ६ सय रुपैयाँले बढेको थियो । तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।