शनिबार
१७ जेठ
२०७७

लक्षणविनै कोरोना देखिइसकेको छ, चिकित्सकहरू भन्छन्, यस्तो उपाय अपनाउनुस् 

आइतबार चैत २३, २०७६/ Sunday 04-05-20

काठमाडौं । सामान्यतः कोरोना भाइरसको संक्रमण भएका मानिसमा खोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । कोरोना संक्रमितहरूले समेत आफ्नो अनुभव र पीडा सेयर गरिसकेका छन् । तर, यस्ता कुनै पनि लक्षणबिनै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि चिकित्सकहरू आफैं असमन्जसमा परेका छन् । अब कस्ता बिरामीको नमूना संकलन गर्ने नगर्ने भन्नबारे चिकित्सकहरु नै अन्योलमा परेका छन् । 

शनिबार कोरानाको संक्रमण देखिएका धनगढीका ३४ वर्षीय युवककी भाउजुलाई बिना कुनै लक्षण कोरोना ‘पोजेटिभ’ देखिएपछि चिकित्सकहरुले सचेत र सतर्कता अपनाउन सल्लाह र सुझाव दिन थालेका छन् । स्थानीय मानिसलाई नै अर्काबाट कोरोना सर्नु भनेको नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गर्नु हो । यस्तो मानिसहरूसँग अलग्गै बस्ने र सामाजिक दूरी कायम राख्नु नै न्यूनीकरणको प्रमुख उपाय भएको चिकित्सकहरू बताउँछन् ।

हेल्पिङ हेन्डस अस्पतालका चिकित्सक गुप्तबहादुर श्रेष्ठ अहिले अष्ट्रेलिया, युरोप, अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र अन्य नागरिकले व्यहोरेको समस्याबाट पाठ सिक्नुपर्ने बताउँछन् । त्यसैले उनले केही उपाय बताएका छन्, जसले कोरोना संक्रमण हुने खतराबाट बच्न सकिन्छ ।

१. कमसेकम ज्वरो नाप्ने थर्मामीटर २–३ पिस घरमा राखौं ।एउटा बिग्रे अर्को चाहिन्छ ।
२. ज्वरो आउँदा खाने सिटामोल परिवार संख्याअनुसार र केटाकेटीलाई झोल औषधी ४ दिन पुग्ने राखौं ।
३. पानी तताएर पिउनर खान अल्छी नगरौं
४. अति आवश्यक नभै घर बाहिर नडुलौं ।
५. एउटा कोठा र बाथरुम टोइलेट क्वारण्टाइनलाई छुट्टै व्यवस्था गरौं ।
६. सुगर, प्रेसर, मुटुरोग भएका विरामीलाई संक्रमित हुने व्यवहार नगरौं ।
७. हरियो तरकारी लिन जाने, मासु लिन जाने, अरुलाई झुक्याएर वाकिंग जाने गरेर कोरोनाको भरिया नबनौं ।