शनिबार
१७ जेठ
२०७७

आमाबुवाको सम्झनामा अभिनेता राजेश हमालले पोष्ट गरे १४ तस्बिर (तस्बिरसहित)

आइतबार चैत २३, २०७६/ Sunday 04-05-20

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित पर्याय बनेका अभिनेता हुन्, राजेश हमाल । करिब तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील राजेश अहिले पनि सम्मानित व्यक्तिको रुपमा लिइन्छ । विवादबाट टाढा रहेका राजेश बौद्धिक अभिनेताको रुपमा पनि चिन्छिन् । 

उनले बोल्ने गरेको डायलग र अभिनय नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ । कलाक्षेत्रमा उदाइरहेकाहरुले अभिनेता हमालको थेगो र शैलीको नक्कल गरेर दर्शकलाई हँसाउने गरेका छन् । 

उनै अभिनेता राजेशले आइतबार आफ्ना दिवंगत आमाबुवालाई स्मरण गर्दै सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी भएका आफ्ना बुवाआमा १४ वटा तस्बिर सामाजिक सञ्जाल फेसबुकमा उनले पोष्ट गरेका हुन् ।