सोमबार
२७ असोज
२०७६

नवलपुरको मौलाकालिका मन्दिर जहाँ पूजाअर्चना गरे मिल्छ यस्तो प्राप्ति

बिहीबार असोज १६, २०७६/ Thursday 10-03-19

नवलपुर । नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिर देशका प्रमुख शक्तिपीठमध्येको एक हो । जसका कारण नेपालीहरुको महान चाड बडादशैंको फुलपातीको दिन यस मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

भगवती देवीको पूजा गरेपछि दुःख–कष्ट अन्त्य हुनुको साथै आँटेको कुरा पूरा हुने विश्वासमा मन्दिरको महत्व बढ्दै गएको मन्दिरका प्रमुख पुजारी क्षेत्रप्रसाद पराजुलीको भनाइ छ ।

नवलपुरको गैंडाकोटमा रहेको प्रसिद्ध मौलाकालिका भगवतीको पूजाअर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुने जनविश्वास छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा वर्षभरी नै भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

फेदीदेखि करिब १७ सय खुड्किला ४० मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ । मौलाकालिका मन्दिरप्रति विश्वास र भरोसा भएकाले दर्शन गर्न आएको दर्शनार्थी बताउँछन् ।