शनिबार
१७ जेठ
२०७७

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी  

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देशवासीका नाममा सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ । आज अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी रहेको बालुवाटार स्रोतले जानकारी गराएको छ । 

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा लकडाउन लम्ब्याउने बारे निर्णय गरिने बताइएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिले सरकारलाई वैशाख ३ गतेसम्म लकडाउनको समय थप्न प्रस्ताव गरिसकेको छ ।