शनिबार
१७ जेठ
२०७७

सरकारलाई कमल थापाको आग्रह– विदेशमा रहेका नेपालीको स्वास्थ र सुरक्षामा ध्यान जाओस्

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा रहेका नेपालीको स्वास्थ्य र सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले कोरोनाभाइरस (कोभिड १९) संक्रमित मुलुकमा रहेका नेपालीको स्वास्थ्य अवस्था र सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् । 

अमेरिकामा ठूलो संख्यामा नेपाली संक्रमित भएका भन्दै उनले अष्ट्रेलियासहितका देशमा देशमा रहेका नेपाली जोखिममा  देखिएको बताए । 

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष थापाले लेखेका छन्,  ‘अमेरिकामा ठूलो संख्यामा नेपालीहरु ‘कोभिड१९’बाट संक्रमित भएको, अष्ट्रेलियामा बिद्यार्थीहरु समस्यामा परेको,भारतिय सिमाक्षेत्रमा नेपालीहरुले कष्ट भोग्नुपरेको र अन्य देशहरुमा पनि नेपालीहरु जोखिममा रहेको देखिन्छ।बिदेशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षाका निमित्त सरकारको ध्यान जाओस् ।’