आइतबार
१८ जेठ
२०७७

वनसुरक्षा गस्ती टोली र तस्करबीच दोहरो गोली हानाहान

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

रौतहट - गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । 

सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए÷नभएको यकिन हुन सकेको छैन्  । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिनुभयो ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताउनुभयो ।
 
लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिनुुभयो । उनीहरुमाथि आवश्यक कानुनी कारवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।रासस