आइतबार
१८ जेठ
२०७७

प्रदेश २ को कोरोना राहत कोषमा कांग्रेसको पौने ४१ लाख सहयोग

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ ।

काँग्रेसका प्रदेश नं। २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश नं। २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसीया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादव सहितको उपस्थिति रहेको थियो ।