आइतबार
१८ जेठ
२०७७

गायिका कनिका कपुर अस्पतालबाट भइन् डिस्चार्ज, छैटौं पटकको कोरोना रिपोर्ट नेगेटिभ  

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित भएकी कनिका निको भई घर फर्किएकी हुन् । कोरोना संक्रमित भएकी कनिकाले उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई साता उपचार गराएकी थिइन ।

दुई साता उपचारपछि उनी सोमबार बिहान डिस्चार्ज भएकी हुन् । उनको छैटौं रिपोर्ट नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । पहिलो पटक रिपोर्ट पोजिटिभ आएपछि उनले आफ्नो परिक्षण रिपोर्टमा गल्ती भएको बताउदै बारम्बार परिक्षण गरिरहेकी थिइन् । तर छैटौं पटकको रिपोर्टमा भने नेगेटिभ आएको हो । उनी मार्च २० मा अस्पताल भर्ना भएकी थिइन् ।