शनिबार
१७ जेठ
२०७७

बसन्त चौधरीले गरे स्वास्थ्य मन्त्रालयलाई सहयोग

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौँ - नेपालका चर्चित व्यवसायी वसन्त चौधरीले स्वास्थ्य मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले कोरोना रोकथामका लागी चाहिने सामग्रीहरु सोमबार  स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् । आफुले स्वास्थ्य मन्त्रालयलाई सामग्रीहरु हस्तान्तरण गरेकोबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् । 

उनले लेखेका छन् - 'नर्भिकले प्रतिवद्धता व्यक्त गरे बमोजिम Gown + Face Shield + Disposable Cap + Globes + Disposable Gloves सहितको Medical Complete Set (PPE) 1000 sets आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ !' यसअघि पनि उनले कोरोनाविरुद्ध रोकथामका लागि खडा गरिएको कोषमा एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका थिए ।