शनिबार
१७ जेठ
२०७७

कोरोनाको महामारीमा प्रचण्डको मौनता केका लागि ?

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं  । विश्वभर कोरोनाभाइरसको महामारी छ । नेपाल पनि कोरोनाभाइसका संक्रमित फेला परेका छन् । दोस्रो व्यक्तिमा समेत सरेको केस फेला परिसकेको छ । जस कारण नेपालमा जोखिम बढाएको छ । यसको संक्रमण फैलिन नदिन सरकारले विभिन्न उपाय अवलम्बन गरिएको छ । 

सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हालै मिर्गाैला प्रत्यारोपण गरिएकाले उनी चाहे जस्तो भौतिक रुपमा सक्रिय भएर गर्न सक्दैनन् । आफू सक्रिय हुन नसक्ने भएपछि प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । 

मुलुक कोरोनाभाइरस उच्च जोखिममा परेका बेला  सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन देखिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड मौन देखिएका हुन् । जनता घरमै कैदी भएर बसेका छन् । जसले गर्दा उनीहरुमा विभिन्न समस्या आइपरेको छ । ती समस्या सम्बोधन गर्नेदेखि कोरोनाभाइरस संक्रमण हुन नदिन गरिनु पर्ने कार्यप्रति प्रचण्डको मौनता देखिएको हो । 

जनताको मुक्तिका लागि सशस्त्र संघर्षसमेत गरेका प्रचण्डको सक्रिय भूमिका जनताले आश गरेका देखिन्छन् । कोरोनाभाइरस रोकथामका लागि सरकारले चालेका केही कदम र निर्णय विवादमा परेको छ । चीनबाट औषधि र स्वास्थ्य सामग्री खरिदका विषयले सरकारमाथि गम्भीर आरोपसमेत लाग्दा सत्तारुढ अध्यक्ष प्रचण्ड प्रतिक्रियाविहीन भए । 

संकटको अवस्थामा मानव जीवन रक्षाका लागि आयात गरिएको औषधि र स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको आरोप सरकारले खेपेको छ । सरकारले यस किसिमको आरोप खेप्दा पनि प्रचण्डले यसबारे कुनै प्रतिक्रियाविहीन भएका हुन् । प्रचण्डको मौनतालाई कतिपयले पार्टीभित्रको आन्तरिक विवादलाई पनि लिएका छन् ।