शनिबार
१७ जेठ
२०७७

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको अकालमा मृत्यु, तीन छोरीको विचल्ली

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

अर्घाखाँची - सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क  लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिनुभयो । 

उहाँका तीन छोरी रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् । रासस