शनिबार
१७ जेठ
२०७७

युएईमा थप ३ जना नेपालीमा देखियो कोरोना 

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । यस्तै युएईमा पनि कोरोना संक्रतिको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा युएईमा रहेका थप ३ जना नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छ । 

यससँगै युएईमा कोरोना संक्रमणको संख्या ११ पुगेको छ । युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ।  यूएईमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९९ पुगेको छ । भने मृत्यु हुनेको संख्या १० पुगेको छ ।