बुधबार
२४ असार
२०७७

किन लेखे एक नेपालीले विश्व स्वास्थ्य संगठनलाई यस्तो पत्र ?

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौ । अहिले कोभिड -१९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा धेरै भन्दा धेरै स्वास्थ्यकर्मीहरु यसको सिकार बनेका छन् । कोभिड १९ को रोकथाम र निवारणका लागि दिनरात नभनी खटिएका ति स्वास्थ्यकर्मीहरुलाई संक्रमणको सम्भावना न्यून गर्ने उद्देश्यले एक डाक्टरले विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेका छन् ।

डाक्टर बिप्लव अधिकारीले लेखेको उक्त पत्रमा भनिएको छ, कुनै पनि बिमारीलाई चेक जाँच गर्नु अघि वा अस्पताल भर्ना गर्नु अघि एकचोटी राम्रो संग साबुन पानीले नुहाएर, सफा लुगा लगाएर मात्रै स्वास्थ्यकर्मीले उपचार गर्दा बिरामीको कपाल, लुगा, जुत्तामा रहेको कोभिड १९ का किटाणु सम्पूर्ण रुपले नष्ट हुनेगर्छ । श्वास-प्रश्वास बाहेक अरु माध्यम सर्ने सम्भावना शत प्रतिशतले कम गर्न सकिन्छ भनि एक सुझाव सहित पत्र लेखिएको छ ।