सोमबार
२७ असोज
२०७६

चर्चित गायिका अञ्जु पन्तको ‘देउरालीको कमस’मा नायिका मरिष्का र निराजनको दमदार अभिनय (भिडियो)

बिहीबार असोज १६, २०७६/ Thursday 10-03-19

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको ‘देउरालीको कमस’बोलको गीतको भिडियोमा नायिका मरिष्का पोखरेल र मोडल निराजन प्रधानको दमदार अभिनय रहेको छ ।  केही दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको सो गीतमा गायिका अञ्जु पन्तको मात्रै स्वर रहेको छ भने शब्द सृजना र संगीत गम गुरुङको छ । उक्त गीतमा संगीतकार अर्जुन पोखरेलको एरेन्ज रहेको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको सो गीतमा भिडियोमा मरिष्का र निराजनको अभिनय रहेको हो ।