सोमबार
२७ असोज
२०७६

महरा–रोशनी काण्डमा महिला सांसद नबोलेपछि बढ्यो आक्रोश

बिहीबार असोज १६, २०७६/ Thursday 10-03-19

काठमाडौं । नेपालको हरेक अङ्गमा महिला सहभागितालाई सुनिश्चित गरिएको छ । महिला हक र हितका लागि भन्दै संघीय संसदमा पनि ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चित संवैधानिक रुपमै गरिएको छ । सोही अनुसार महिलाको प्रतिनिधित्व पनि गराइएको छ । उनीहरुले महिलाको हक र हितमा कति आवाज उठाए वा नउठाएनन्, तर अहिले उनीहरुमाथि महिला हिंसाकोबारेमा आवाज नउठाएको आरोप लागेको छ । 

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट संघीय संसदकी कर्मचारी रोशनी शाहीमाथि भएको भनिएको यौन दुर्व्यवहारकाबारेमा महिला सांसदहरु मौन बसेको भन्दै आलोचना भइरहेको छ । बुधबार चितवनमा भएको एक कार्यक्रममा उमा रेग्मीलगायत केही कांग्रेसकी महिला सांसदले सो घटनाको विरोध गरेका थिए ।

तर, अरु महिला सांसदहरुले हालसम्म सो घटनाबारे आवाज नउठाएको भन्दै सर्वसाधारणले महिला सांसदको भूमिकाप्रति नै प्रश्न गरेका छन् । महिलाको हकहितका लागि भन्दै संसद छिरेका उनीहरुले उच्च व्यक्तिबाटै महिला हिंसाको सिकार हुँदा आवाज नउठाएको आममानिसको आरोप छ ।