सोमबार
२७ असोज
२०७६

युरोपा लिगमा आर्सनल विजयी, म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

एजेन्सी । युरोपा लिग फुटबलमा आर्सनलले सहज जित हात पार्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले बेल्जियमको स्ट्याण्डर्ड लेईजलाई ४–० ले हरायो । म्यान्चेस्टर युनाईटेड भने नेदरल्याण्ड्सको एजेड अल्कमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।

वुलभरह्याम्पटन वान्डरर्सले बिहीबार राति टर्कीको बेसिक्तासलाई १–० ले हराएको छ । युरोपा लिगकै अन्य खेलहरुमा स्पेनको सेभियाले साईप्रसको अपोइल निकोसियालई १–० ले हराउँदा अर्को स्पेनिस क्लब ग्रानाडाले रुसको क्रास्नोदारलाई २–१ ले हरायो ।

नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनले नर्वेको रोजेनवर्गलाई ४–१ ले पाखा लगाउँदा पोर्चुगलको स्पोर्टिङ लिस्बनले अष्ट्रियाको लास्क लिन्ज फुटबल क्लबलाई २–१ ले पराजित गर्‍यो ।

बिहीबार राति र्न स्कटल्याण्डको सेल्टिक, इटालीको लाजियो, स्विट्जरल्याण्डको योङ ब्वाइज तथा टर्कीको फेयनुर्ड पनि विजयी भएका छन् ।