सोमबार
२७ असोज
२०७६

संचिता लुइटेलको यस्तो विशेष हुदैछ दशैँ निखिल उप्रेती संग, मख्ख र दंग (भिडियो)

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

नायिका संचिता लुइटेलले यसपालीको दशैँ श्रीमान निखिल उप्रेती र छोराहरु संग मनाउने हुदा मख्ख र दंग छिन । केही दिन अघि एक कार्यक्रममा भेट्दा संचिताले क्यानाडा नेपालसंग कुराकानी गर्दै आफ्नो यसपालीको दशैँ उत्साहजनक रहेको भन्दै खुशी व्यक्त गरेकी छिन । संचिता लुइटेलका अनुसार दशैँ सधै उनको लागि विशेष रहने गरेको र दशैंमा परिवारसंग रमाईलो गर्न पाउदा खुशी हुने कुरा व्यक्त गरिन् ।

संचिता लुइटेलले आफ्नो दशैँको रमाइला किस्साहरु स्मरण गर्दै आफुलाई सानो हुदा टिका लाएर खाममा कति दक्षिणा पाइयो भनेर हेर्न सधै हतार हुने गरेको पलहरु सुनाईन । यो दशैँमा नवदुर्गाको पूजा गर्दै ९ दिन सम्म वर्त बस्ने योजना रहेको छ संचिताको । पूजाआजा गर्ने गरेकोले दुर्गा पुजा र वर्त लिने सधै गरेकाले यो दशैँमा नि त्यो निरन्तरता दिने कुरा बताईन । यसपाली टिकाको दिन सबै परिवार दशमीको दिन एकै ठाउमा बसेर टिका ग्रहण गर्दै रमाईलो गर्ने योजना बताएकी छिन ।