सोमबार
२७ असोज
२०७६

दशैंको बिदाअघि सुनचाँदीको मूल्य स्थिर, हेर्नुहोस् आजको भाउ

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काठमाडौं । दशैंको बिदा हुुनुअघि शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ११ सयले बढेको सुनको मूल्य शुक्रबार तलमाथि भएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ८५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।