सोमबार
२७ असोज
२०७६

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई मंगलबार २ बजेपछि टीका लगाइदिने, प्रधानमन्त्रीले एक दिन टीका लगाउने

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काठमाडौं । यस वर्षको बडादसैंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली दुवैले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत वर्ष प्रधानमन्त्रीले पाँचै दिन टीका लगाइदिएका थिए भने यसपटक आफूकहाँ आउनेलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

यसपालिको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः३५ बजेको लागि तय भएको छ । राष्ट्रपति भण्डारीले साइतको टीका परिवारसँग लगाउने र संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिन दिउँसो १ देखि २ बजेसम्मको समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले २ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने छन् ।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीका निजी चिकित्सकले भीडभाडमा नहिँड्न सुझाएपछि प्रधानमन्त्रीले एक दिन मात्रै बालुवाटारमा दशैंको टीका लगाइदिने भएका हुन् ।