शनिबार
१७ जेठ
२०७७

नयाँ बर्षको दिन लकडाउनका कारण सुनसान देखिएको काठमाडौं उपत्यका (फोटोफिचर)

सोमबार बैशाख १, २०७७/ Monday 04-13-20

काठमाडौं - चीनको वुहानबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म कोरोनाबाट १३ जना संक्रमित भएका छन् । 

विश्वलाई नै त्रसित बनाउदै महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा फैलन नदिन बिभिन्न रोकथामको उपाय अपनाइएको छ । कोरोनाको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले पनि लकडाउनको घोषणा गरिसकेको छ । आज लकडाउन भएका २१ दिन पुगेको छ । 

लकडाउनका कारण काठमाडौं उपत्यका लगायत देशभर नै सुनसान छ । लकडाउनको २१ औं दिन अर्थात नयाँ बर्षको दिन काठमाडौं उपत्यकामा देखिएको केहि तस्बिरहरु खिचिएको छ । तस्बिरमा काठमाडौंको न्युरोड, रत्नपार्क, सिंहदरबार, पुतलीसडक लगायतका क्षेत्रहरु सुनसान देखिएका छन् । सडकमा सुरक्षाकर्मी मात्र देखिन्छन् ।