बुधबार
२४ असार
२०७७

भक्तपुर छिर्ने नाकामा मान्छे र सवारी साधनलाई छर्किन थालियो स्यानिटाइजर (फोटोफिचर)

सोमबार बैशाख १, २०७७/ Monday 04-13-20

काठमाडौं । संसारभरमा जस्तै नेपालमा पनि कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाइँदैछ । २५ दिनदेखि मुलुक लकडाउनको अवस्थामा छ । लकडाउनकै अवस्थामा केहीलाई कोरोनाभाइरस संक्रमण देखिएपछि थप कडाइ र सतर्कता अपनाइएको छ ।

यसैक्रममा भक्तपुर छिर्ने सवारी साधन र मानिसलाई स्यानिटाइजर छर्किन थालिएको छ । कोटेश्वर हुँदै भक्तपुर छिर्ने बेलामा मनोहराको पुलनिर सुरक्षाकर्मीको सहायतामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले स्यानिटाइजर छर्किने व्यवस्था गरेको हो । रेडक्रस भक्तपुरले मोटरसाइकल र त्यसमा सवार यात्रुलाई स्यानिटाइजर छर्किन थालेको हो ।