सोमबार
२७ असोज
२०७६

इन्डो–प्यासिफिक सैन्य संगठन र राजनीतिक मोर्चा होइन र यसमा नेपाललाई तान्न खोजेका छैनौं– अमेरिका

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काठमाडौं । नेपालका लागि अमेरिकी र्‍याण्डी बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । शुक्रबार खनाल निवास डल्लु पुगेका राजदूत बेरीले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिककाबारेमा छलफल गरेका छन् । इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउन अमेरिकाले प्रयास नगरेको जानकारी गराउँदै राजदूत बेरीले इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत दाबी गरे । 

राजदूत बेरीले इन्डो–प्यासिफिक रणनीति कुनै सैन्य संगठन र  राजनीतिक मोर्चा पनि नभएको बताएका छन् । जवाफमा नेता खनालले इन्डो–प्यासिफिक रणनीतिक साझेदारीहरुमा नेपाल तटस्थताको भूमिका निर्वाह गर्ने जानकारी दिए । नेपालले असंलग्नताको नीति लिएको नेता खनालले बताए ।