सोमबार
२७ असोज
२०७६

त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्रीलाई कारबाही, ‘सी’को भ्रमणको सूचना चुहाएको आरोप

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काठमाडौं । सरकारले राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकबाट हटाएर सचिवालयमा तानेको छ । आसन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सूचना चुहाएको आरोपमा उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सचिवालयमा तानेको स्रोतको दाबी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा क्षेत्री सचिवालयमा तानिएको हो ।

क्षेत्रीलाई सचिवालयमा तानेसँग सुरेशमान सिंहलाई विमानस्थलको निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ ।तर प्राधिकरणले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व हेरफेर गरेको प्रतिक्रिया दिएको छ ।