सोमबार
२७ असोज
२०७६

महरामाथि किन कार्वाही नगरेको भन्दै देउवा गर्जिए (भिडीयो)

आइतबार असोज १९, २०७६/ Sunday 10-06-19

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस पनि व्यक्त गरेका छन् ।

‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ? भनि सरकारलाई प्रश्न पनि गरेका छन् । ‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भईरहेको छ,’ सभापति देउवाको भनाई थियो, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन ।’