सोमबार
२७ असोज
२०७६

केपी ओलीलाइ बुवाले दिए यस्तो मज्जाको आशिर्वाद । प्रधानमन्त्री संग टिका थाप्न भिआईपिको घुइचो

मंगलबार असोज २१, २०७६/ Tuesday 10-08-19

प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री कार्यालयमा टिका ग्रहण गर्दै केपी ओलीले आशिर्वाद लिएका छन् । बुवासंग टिका ग्रहण गरे संगै प्रधानमन्त्रीले भिआईपिहरुलाई टिका लाइदिएका छन् भने सर्वसाधरणहरु ले पनि टिका लाइदिएका छन् । 

धानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गरेका हुन् । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको टीका र जमरा लगाई दिए । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई सर्वसाधरण लाइ टिका लाईदिएका हुन् ।