आइतबार
१ मङ्सिर
२०७६

 जम्मू-कश्मीरमा एक गोर्खा सैनिकको ज्यानगयो, शोकमा डुब्यो परिवार

शनिबार असोज २५, २०७६/ Saturday 10-12-19

दार्जिलिङ - जम्मू-कश्मीरमा एकजना गोर्खा सैनिकको ज्यानगएको छ । ज्यानजानेमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा रहेका छन् । उनको शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा ज्यानगएको हो ।

उनको पार्थिव शरीर शनिबार बाघडुग्रा ल्याइने जनाइएको छ । सुवासले ज्यान गुमाएको खबरले अहिले परिवार र गाउँनै शोकमा डुबेको छ । जानकारी अनुसार उनको रजौरी जिल्लाको नौशेरा सेक्टरमा भएको गोलीबारीमा ज्यानगएको हो ।