आइतबार
१ मङ्सिर
२०७६

उडेको केहि समयमै सीता एयरको पङ्खामा चरा छिरेपछि ...

शनिबार असोज २५, २०७६/ Saturday 10-12-19

काठमाडौं - शनिबार सीता एयरवेज जहाजको पङ्खामा चरा छिरेको छ । सीता एयरवेज जहाजको  पङ्खामा चरा छिरेपछी आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । आज विहानै रामेछापको मन्थली विमानस्थलबाट उडेको उक्त विमानको पङ्खामा चरा छिरेको हो ।

१३ यात्रु र ३ कर्मचारी सवार उक्त बिमान ठुलो दुर्घटना हुनबाट बचेको बताइएको छ । जहाजभित्रका यात्रु सबै सकुशल रहेको जनाइएको छ । जहाजको  पङ्खामा  चरा छिरेपछी बिमानलाई मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।