आइतबार
१ मङ्सिर
२०७६

जापानमा ६० वर्षपछिकै शक्तिशाली र भयानक आँधी, ३६ हजार बढी घर क्षतिग्रस्त

शनिबार असोज २५, २०७६/ Saturday 10-12-19

एजेन्सी - जापानमा शक्तिशाली आँधीका कारण एक जनाको ज्यानगएको छ । शनिबार आएको शक्तिशाली आँधी ह्यागिबिसले जापानका धेरै स्थानमा प्रभाव पारेको छ । यो आँधी ६० वर्षपछिकै शक्तिशाली रहेको बताइएको छ । ठूलो वर्षापछी आएको आँधीका कारण यातायात र बिजुली सेवा समेत प्रभावित भएको छ ।

शक्तिशाली ह्यागिबिस आँधीका कारण १ हजार ६ सय विमानहरुले उडान पनि गर्न नसकेको बताइएको छ । उक्त आँधीबाट चिबा क्षेत्रमा ३६ हजार बढी घर  क्षतिग्रस्त भएको जनाइएको छ । यो आँधी ६० वर्षपछिकै शक्तिशाली र भयानक भएको बताइएको छ । स्थानीय सरकारले मानिसहरुलाई सुरक्षित ठाउँमा जान अपिल गरेको छ ।